आगामीकार्यक्रम
डाउनलोड
दर्ताफारम

समाचार र कार्यक्रम

Image
September-02-2026 04:15:21

बागमती प्रदेश सहकारी संघ लिमिटेडको एउटा गौरवको क्षण !

बागमती प्रदेश सहकारी संघ लिमिटेडको एउटा गौरवको क्षण !
राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ अेाें स्थापना दिवशको अवसरमा बैंकको सदस्य संघहरुमध्ये उत्कृष्ट संघको रुपमा राष्ट्रिय स्तरको सम्मानबाट यस संघलाई सम्मानित गरिएको छ । स्थापनाको छोटो अवधिमा नै यस किसिमको संस्थागत सम्मान पाउनु संघको लागि गौरवको विषय बनेको छ भने आगामी दिनहरुमा थप जिम्मेवारी बोधका साथ कार्य गर्ने प्रेरणा प्राप्त भएको छ ।
सीमित श्रोत र साधनका बावजुद संघले सहकारी अभियानमा निरन्तर रुपमा प्रभावकारी भूमिका निर्वाह गरिरहेको अवस्थामा उक्त कार्यको उचित मूल्यांकन गरि सम्मान प्रदान गर्ने राष्ट्रिय सहकारी बैंकलाई हार्दिक आभार व्यक्त गर्दै बैंकको २२ अेाें स्थापना दिवशको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
share this post: