आगामीकार्यक्रम
डाउनलोड
दर्ताफारम
परिचय

नमस्ते र स्वागत छ

बागमती प्रदेश सहकारी संघ लिमिटेड (BPCL) को परिचय

बागमती प्रदेश सहकारी संघ लिमिटेड संघीय सहकारी ऐन २०७४ को दफा ७ र बागमती प्रदेश सहकारी ऐनको दफा ७ बमोजिम बागमती प्रदेशका सहकारी संघ÷संस्थाहरुको छाता संघको रुपमा  वि.सं. २०७७ श्रावण १३ गते काठमाडौंमा विधिवत् रुपमा दर्ता भई “सुदृढ अभियान, सशक्त तथा सक्षम संघ” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै शुरुको अवस्थामा बागमती प्रदेशमा रहेका ८२ वटा संघहरुमध्ये ५४ वटा संघहरुको सहभागीतामा संघको स्थापना गरिएको हो । नेपालको संविधान २०७२ ले व्यवस्था गरेको संघीय राज्य व्यवस्था र सहकारी ऐन २०७४ बमोजिम सहकारी अभियानलाई व्यवस्थित गर्न बनेको ऐन अनुसार देशकै पहिलो प्रदेश संघको रुपमा बागमती प्रदेश सहकारी संघ लिमिटेड दर्ता भई यसले नियमित रुपमा सहकारी अभियानमा बहस पैरवी गर्नुका साथै आफ्नो छाताभित्र रहेका प्रारम्भिक संस्थाहरु देखि विषयगत संघहरु तथा जिल्ला संघहरुको क्षमता अभिवृद्धिको क्रियाकलापहरु सञ्चालन गर्ने गरेको छ । बागमती प्रदेशभरि कार्यक्षेत्र भएको यस संघले सहकारीको सर्वमान्य सिद्धान्तलाई अंगिकार गर्दै सहकारीको विकास र प्रवद्र्धनका लागि बहस पैरवी र अभियान सञ्चालन गर्दै आईरहेको छ । संघले स्थापनाको छोटो अवधिमा नै आफ्नो गतिविधि मार्फत् सदस्यहरुको हितको लागि निरन्तर कार्य गर्दै आईरहेको छ । सहकारी मार्फत् सदस्यहरुलाई उत्पादन देखि बजारीकरण हुँदै उपभोग सम्म सहभागी गराई सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक उन्नयनका लागि संघले कुनै न कुनै रुपमा भूमिका निर्वाह गरिरहेको छ । प्रदेशभित्र रहेका विषयगत तथा बहुउद्धेश्यीय सहकारी संघ÷संस्थाहरुसँगको सहकार्य र समन्वयमा समानुपातिक रुपमा प्रदेशभित्रका १३ वटै जिल्लाहरुमा विभिन्न प्रकारका गतिविधिहरु संघले सञ्चालन गर्दै आईरहेको छ ।

...
हाम्रो दर्शन

सुदृढ अभियान, सशक्त तथा सक्षम संघ

हाम्रो मिशन

सहकारी मूल्य, मान्यता र सिद्धान्तका आधारमा सदस्य संघ संस्थाहरुको प्रवद्र्धन र सम्वद्र्धनद्वारा व्यवस्थित गरी प्रविधियुक्त र मर्यादीत व्यवसाय बनाउँदै स्तरोन्नती गर्ने ।

हाम्रो उद्देश्य

    अ. दीर्घकालीन उद्देश्यहरु
      
    (क) सहकारी मूल्य, मान्यता एवं सिद्धान्तको पालना गर्दै सदस्य संस्थाहरुको विकास, प्रवद्र्धन,
        संवद्र्धन एवं विस्तार गर्ने ।

    (ख) सदस्य संस्थाहरुको हकहितका लागी बहसपैरवी, सहकारी शिक्षा, तालिमको आयोजना गर्ने ।

    (ग) सदस्य संस्थाहरुको संस्थागत विकास तथा संस्थागत सुशासन कायम गर्नका लागि निरन्तर

        अनुगमन, प्रशिक्षण तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु सन्चालन गर्ने ।

    (घ) प्रदेशको सहकारी अभियानलाई प्रभावकारी ढंगमा अगाडी बढाउनका लागि स्थानिय, प्रदेश  तथा

        राष्ट्रिय स्तरका संघसंस्था तथा सम्बन्धित अन्य निकायहरु बिच समन्वय एवं सम्वन्ध कायम गर्ने ।

    (ङ) सदस्य संस्थाहरुको माध्यम्बाट ब्यक्ति, समुदाय, समाज र राष्ट्रको आर्थिक, सामाजिक, सांस्कृतिक

        एवं वातावरणीय विकासका लागि सहयोग पु¥याउने ।

    (च) संघको आवश्यकताको आधारमा बैंक तथा वित्तीय संस्थाहरुसंग ऋण लिने ।

    आ. रणनीतिक उद्धेश्यहरुः

    १) सदस्य संघ÷संस्थाहरुको सुदृढिकरणको लागि उच्चस्तरीय सेवा प्रदान गर्ने ।

    २) संघलाई सशक्त तथा प्रतिस्पर्धी ढंगबाट सञ्चालन गरी व्यवस्थित बनाउने ।

    ३) संघको भौतिक तथा  प्रविधि पूर्वाधार विकास गर्दै स्वयंसेवी तथा व्यवस्थापनको क्षमतामा सुधार  गर्ने

    ४) संघको दिगो विकासका लागि व्यवसाय सञ्चालन तथा वित्तीय श्रोतहरुको प्रवद्र्धन  गरी सक्षम बन्ने ।